फ्रान्सलाई स्तब्ध बनाएको नौ वर्षीय बालिकको मृत्यु, कारण यस्ताे हुन सक्ने

उत्तरपूर्वी फ्रान्समा एक नौ वर्षीया बालिका यस सप्ताहन्तमा आफ्नै घरमा मृत फेला परेकी छन् । अभियोजक र प्रहरी स्रोतहरूले आफ्ना साथीहरूले अनावश्यक जिस्काउने गरेका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । सोमबार ती बालिकाको शव सारेगुमाइन्स शहरमा फेला परेपछि पूर्व प्रधानमन्त्री गेब्रियल अटलले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
“बदमाशी एक अभिशाप हो, एक ढिलो विष जसले आत्मविश्वास नष्ट गर्दछ र सबैभन्दा खराब अवस्था निम्त्याउन सक्छ,” गत वर्ष स्कूलमा उत्पीडनविरुद्ध लड्न एक सङ्घ स्थापना गरेका पूर्व शिक्षा मन्त्रीले एक्समा लेखेका छन। क्षेत्रीय शिक्षा अधिकारीहरूले ‘यस दुखद घटनाबाट उनीहरू स्तब्ध भएको’ बताएका छन् यद्यपि सरकारी अभियोजकको कार्यालयले अनुसन्धान जारी रहेको बताएको छ।
सरकारी अभियोजकको कार्यालयले बिस्तृत विवरण प्रदान नगरीकन भनेको छ,“ती बालिकाले ‘आत्महत्या’ गरेको जस्तो देखिन्छ।” प्रहरी स्रोतका अनुसार ती बालिकाले मृत्युपूर्व आफ्नो परिवारलाई पत्र लेखेको जानकारी पाइएको छ। उनकी आमाले भनीन्, पत्रमा बालिकाले आफ्ना प्राथमिक विद्यालयका सहपाठीहरूले उनलाई बढी वजन भएको भन्दै जिस्काउने गरेको र पहिल्यै पनि यसका कारण ती बालिकाले आत्महत्या गर्ने निर्णय लिएको बताएकी थिइन्।”
सोमबार बिहान विद्यालय बाहिर फलामको बारमा सेतो गुलाबहरू राखेर विद्यालयलाई पनि घटनाबारे सूचना दिइएको छ तर यो साङ्केतिक रूपमा मात्र जानकारी थियो। केटीको परिवारको नजिकका एक व्यक्तिले नाम नबताउने सर्तमा भने, “विद्यालयलाई बदमाशी (घटना)को बारेमा जानकारी दिइएको थियो।” नौ वर्षीया सहपाठी अब्नोरले भने, “बालिकालाई त्यो दिन पनि कक्षामा र घर फर्कने क्रममा पनि जिस्काइएको थियो ।”
“कक्षामा, उनी हाँसिन्, उनी अलि हँसिलो थिइन्, तर अन्य बच्चाहरूले उनलाई गरेको अपमानका कारण कहिलेकाँही निराश पनि बन्नुपरेको थियो,” बालिकाले विद्यालय बाहिर आफ्नी आँफूसँग भनेको कुरा सम्झँदै आमाले भनीन्। “यो राम्रो होइन,” बालिकाले आमासँगको कुराकानीमा थपेकी थिइन् । आमाले बालिकाले भनेका कुरा जस्ताको तस्तै प्रस्तुत गरे, “हामी सिक्न, राम्रो जागिर पाउन, पैसा कमाउन विद्यालयमा गएका हुन्छौँ । न त यहाँ न त संसारको कहीँ पनि दादागिरीको लागि ठाउँ होइन ।”
















No immediate Nipah virus threat in Sri Lanka: health official
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
Light snowfall and rain likely in Koshi, Bagmati and Gandaki today
Fire breaks out at Woodland Hotel
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया