हमासले बुझाएको शव विपिनकै रहेको पुष्टि

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको इजरायली सेनाले पुष्टि गरेको छ ।
मङ्गलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक बिपिन र अर्काे इजरायली नागरिक गाइ इलुजको शव भएकाे खुलेकाे हाे । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन ।
२२ वर्षीय विपीन हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो । इजरायली सेनाका अनुसार युद्धको पहिलो महिनाहरूमा कैदमै उनको हत्या गरिएको अनुमान गरिएको छ ।
जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा आक्रमणका क्रममा आतङ्ककारीहरूले उनीहरू लुकेका आश्रयमा ग्रेनेड फ्याँकेको जसलाई जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिएको बताए । “उहाँको वीरताले मेरो ज्यान बचायो”, कट्टेलले भावुक हुँदै भने ।
होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, “गाइ र विपीनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ । तर हामी सबै २४ जना बन्धक घर फर्किएसम्म आराम गर्नेछैनौँ ।”
हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो । प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया