ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । गतिशील डिजिटल बैंकिङ्ग सेवामा अग्रणी भूमिका निभाइरहेको एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई खातासम्बन्धी विवरणमा ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका अनुसार, डिजिटल सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले ग्राहकहरूले आफ्नो खातामा दर्ता गरिएको ईमेल ठेगाना छिटो अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको छ ।
यसका लागि ग्राहकहरूले https://www.nicasiabank.com/video-kyc/ मा गई भिडियो केवाईसी प्रक्रिया पूरा गर्न सक्नेछन् । साथै, NIC ASIA MoBank मोबाइल एप को My Profile सेक्सनमा गई Change Email विकल्प छनौट गरी पनि ईमेल अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले सुरक्षा र सेवाको सहजता सुनिश्चित गर्न ग्राहकहरूले छिटोभन्दा छिटो ईमेल ठेगाना अद्यावधिक गर्नु आवश्यक रहेको बताएको छ । डिजिटल माध्यममार्फत ईमेल अद्यावधिक गर्न असजिलो भएमा, ग्राहकहरूले आफ्नो नजिकको जुनसुकै शाखामा गई पनि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
ईमेल ठेगाना अद्यावधिकमा कुनै समस्या भएमा, ग्राहकहरूले बैंकको ग्राहक सम्पर्क केन्द्रको १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ नम्बरमा फोन गरी जानकारी लिन सक्नेछन् ।
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया