ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । गतिशील डिजिटल बैंकिङ्ग सेवामा अग्रणी भूमिका निभाइरहेको एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई खातासम्बन्धी विवरणमा ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका अनुसार, डिजिटल सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले ग्राहकहरूले आफ्नो खातामा दर्ता गरिएको ईमेल ठेगाना छिटो अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको छ ।
यसका लागि ग्राहकहरूले https://www.nicasiabank.com/video-kyc/ मा गई भिडियो केवाईसी प्रक्रिया पूरा गर्न सक्नेछन् । साथै, NIC ASIA MoBank मोबाइल एप को My Profile सेक्सनमा गई Change Email विकल्प छनौट गरी पनि ईमेल अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले सुरक्षा र सेवाको सहजता सुनिश्चित गर्न ग्राहकहरूले छिटोभन्दा छिटो ईमेल ठेगाना अद्यावधिक गर्नु आवश्यक रहेको बताएको छ । डिजिटल माध्यममार्फत ईमेल अद्यावधिक गर्न असजिलो भएमा, ग्राहकहरूले आफ्नो नजिकको जुनसुकै शाखामा गई पनि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
ईमेल ठेगाना अद्यावधिकमा कुनै समस्या भएमा, ग्राहकहरूले बैंकको ग्राहक सम्पर्क केन्द्रको १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ नम्बरमा फोन गरी जानकारी लिन सक्नेछन् ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया