बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च

बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ। जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर, भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
जुलाईको अन्त्यमा तीन महिनामा बेरोजगारी ४।७ प्रतिशत भएकोको तुलनामा हाल बढेको ओएनएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारले आफ्नो पछिल्लो कर र खर्च योजनाहरू तय गर्नुभन्दा लगभग छ हप्ता अघि बेलायतले स्थिर वृद्धि र उच्च मुद्रास्फीति सहिरहेको समयमा यो तथ्याङ्क आएको हो ।
“पछिल्लो तथ्याङ्कले बेलायतको श्रम बजारमा केही महत्वपूर्ण दरारहरू बनिरहेको देखाउने लगानी प्रबन्धक क्विल्टर चेभियोटका विश्लेषक रिचर्ड कार्टरले उल्लेख गर्नु भयो ।
“बजेट नजिकिँदै जाँदा, बेरोगारी वृद्धिदर जारी रहने सम्भावना रहेको जनाइएको छ । उच्चदरको करले यस वर्ष व्यवसायहरूमा बोझ पारेकाले व्यावसायीरूले रोजगारी योजनाहरू नल्याउने र सहजताको बातावरण सुनिश्चित नभए सम्म बेरोजगारीदर बढ्ने उनीहरुले बताएका छन् ।















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया