आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १६ तारिख। विश्व खाद्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : परिवार वा कार्यक्षेत्रमा सामन्जस्य बनाउन गाह्रो हुनेछ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन् सावधान रहनुहोला। पहिला गरिएको निर्णयबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष : साहस र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। नयाँ योजनाको थालनी हुनेछ। विवादित मामलाहरूमा आफ्नो हस्तक्षेप नगर्नुहोस्।आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : तालमेलको कमीले कार्यक्षेत्रमा समस्या आउँला। पारिवारिक जमघटको बीच आफूलाई असहज पाउनुहुनेछ। कानुनी मुद्दा मामलाहरूमा विचार गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : पद र प्रतिष्ठामा प्रभाव बढ्नेछ। अवसरको फाइदा उठाउनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : कार्यस्थलमा आफ्नो आवश्यकता पूर्तिको लागि संघर्ष गर्नुपर्ला। आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : कार्यस्थलमा आफ्नो आवश्यकता पूर्तिको लागि संघर्ष गर्नुपर्ला। आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : अरुको सहयोग गरेर खुसी मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आय आर्जनका नयाँ अवसरहरू फेला पर्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा शुभ कार्यको चर्चा हुनेछ। भाग्य सबल रहनेछ। धर्मकर्ममा आस्था बढ्नेछ। माननीयजनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
धनु : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर : दाम्पत्य जीवन सुमधुर रहनेछ। आफन्तहरू मध्य रमाइलो समय बित्नेछ। उल्झेका मामलाहरू सुल्झ्याउन सक्नुहुनेछ। पढाइमा मन लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : व्यक्तिगत कार्यमा संघर्ष गर्नुपर्ला। मनमा चिन्ता र असन्तोषको भावना जागृत हुनेछ। प्रतियोगी परीक्षामा सफलता हात लाग्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन : योजना अनुसार कार्य गर्नुहोस् सफलता मिल्नेछ। अरुको विषयमा धेरै चासो नलिनुहोस् नत्र मन अशान्त रहनेछ। व्यापार लाभदायी रहनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
प्रतिक्रिया