मलेसियामा बढ्याे अपराध
मेरोन्यूज
२०८२ असोज ३१ गते १५:५५

मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।
मलेसिया तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार, अपराध दर वृद्धिको मुख्य कारण सम्पत्ति सम्बन्धी अपराधहरू हुन्, जसमा चोरी, डकैती, लुटपाटजस्ता घटना पर्दछन् ।
यी अपराधहरू १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् ।
यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि, हत्या सम्बन्धी घटनामा भने कमी आएको छ ।
जानबुझी गरी गरिने हत्याका घटना ९ दशमलव ५ प्रतिशतले घटेर २ सय ३७ मा सीमित भएको तथ्याङ्कमा उल्लेख छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया