जनकपुरमा गोली चल्यो

धनुषा । जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर भएको छ।
बिलबिजकबिना सुनचाँदी खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले सो क्षेत्रका केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले अवरोध गरेपछि परिस्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको प्रहरीका डीएसपी गणेश बमले जानकारी दिए।
उनका अनुसार अवैध रूपमा सञ्चालित सुनचाँदी कारोबारको निगरानी गर्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोधपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका थिए।
घटनापछि प्रहरीले केही पसलबाट चाँदी बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया