आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि। धन त्रयोदशी व्रत । धनतेरस पर्वसमेत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर १८ तारिख। आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पहिलाका निर्णयहरूबाट मनग्य लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वासले भरिएको समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
वृष : घर परिवारको सहयोगले मनलाई सन्तोष मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : स्वार्थको लागि साइनो गास्नेहरूबाट सजग रहनुहोला। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कर्कट : कमी कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
कन्या : सन्तान वा शुभचिन्तकहरूको साथले कार्यक्षेत्रमा उत्साह जाग्नेछ। विशेष उपलब्धका लागि केही प्रतीक्षा गर्नुपर्ला। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला : रोकिएका काम पुनः दोहोर्याएर गर्नुपर्ला। पुरुषार्थी कामले समाजमा नाम स्थापित गराउनेछ। उद्योग व्यापारमा फाइदा रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : पहिलाका कमीकमजोरीलाई सुधार गर्ने समय रहेको छ। प्रतिद्वन्दीहरू बढ्नेछन। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु : रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कुनै सुखद समाचारले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
मकर : नयाँ लगानीमा जोखिम बढ्न सक्छ। कार्यक्षेत्रमा कार्यको सफलताले नयाँ कार्य गर्ने हौसला जाग्नेछ। नँया पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ :तारिफ योग्य कार्यबाट लोकप्रियता प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत सबल बन्नुका साथै जीवनशैलीमा सुधार आउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मीन :लगानी लगायेर दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका मित्रहरूसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया