बुधबार, मंसिर १०, २०८२

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

मेरोन्यूज २०८२ कार्तिक १ गते ६:१५

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि। धन त्रयोदशी व्रत । धनतेरस पर्वसमेत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर १८ तारिख। आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पहिलाका निर्णयहरूबाट मनग्य लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वासले भरिएको समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

वृष : घर परिवारको सहयोगले मनलाई सन्तोष मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन : स्वार्थको लागि साइनो गास्नेहरूबाट सजग रहनुहोला। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कर्कट : कमी कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कन्या : सन्तान वा शुभचिन्तकहरूको साथले कार्यक्षेत्रमा उत्साह जाग्नेछ। विशेष उपलब्धका लागि केही प्रतीक्षा गर्नुपर्ला। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला : रोकिएका काम पुनः दोहोर्याएर गर्नुपर्ला। पुरुषार्थी कामले समाजमा नाम स्थापित गराउनेछ। उद्योग व्यापारमा फाइदा रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक : पहिलाका कमीकमजोरीलाई सुधार गर्ने समय रहेको छ। प्रतिद्वन्दीहरू बढ्नेछन। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु : रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कुनै सुखद समाचारले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

मकर : नयाँ लगानीमा जोखिम बढ्न सक्छ। कार्यक्षेत्रमा कार्यको सफलताले नयाँ कार्य गर्ने हौसला जाग्नेछ। नँया पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ :तारिफ योग्य कार्यबाट लोकप्रियता प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत सबल बन्नुका साथै जीवनशैलीमा सुधार आउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मीन :लगानी लगायेर दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका मित्रहरूसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

प्रतिक्रिया