वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक २ गते ११:२१

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् ।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्याइएको थियो ।
तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।
सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया