तिहारमा करिब ६ लाखले उपत्यका छोड्ने अनुमान

काठमाडौँ । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । “यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु प¥यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन”, उनले भने ।
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए । “दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो । शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन”, उनले भने, “कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।”















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया