हङकङ विमान दुर्घटना : दुई जनाको मृत्यु, चारको सकुशल उद्धार

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको छ । तर, विमानस्थलको भुइँ सवारी साधनमा सवार दुई व्यक्तिको ज्यान गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
विमान इमिरेट्स एयरलाइन्सबाट भाडामा लिएको थियो, जसमा चालक दल, मर्मत तथा बीमा सबै इमिरेट्सद्वारा उपलब्ध गराइएको थियो। विमानमा कुनै सामान थिएन ।
स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा विमानको अगाडिको भाग पानीमाथि देखिन्छ, तर पछिल्लो भाग समुद्रमा डुबेको छ । टेल भाग (पुच्छर) टुटेको आशंका गरिएको छ ।
दुर्घटना उत्तर रनवेमा भएको हो, जुन अहिले बन्द गरिएको छ । बाँकी दुई रनवेहरूबाट नियमित उडान सञ्चालन भइरहेका छन् ।
हङकङ नागरिक उड्डयन विभागले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । इमिरेट्सले यस दुर्घटनापछि सबै पक्षहरूसँग सहकार्य गरिरहेको बताएको छ ।










आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया