साउदी अरेबियामा शेख सालेह बिन फावजान अल–फावजान नयाँ ग्रान्ड मुफ्ती नियुक्त

दुबई। साउदी अरेबियाले बुधबार राति एक वरिष्ठ अति रूढीवादी इस्लामिक विद्वान शेख सालेह बिन फावजान अल–फावजानलाई देशको नयाँ ग्रान्ड मुफ्ती, अर्थात् राज्यको सर्वोच्च धार्मिक विद्वानका रूपमा नियुक्त गरेको छ ।
९० वर्षका शेख सालेहले औपचारिक रूपमा पद सम्हाल्नुभएको सरकारी साउदी प्रेस एजेन्सी (एसपिए) ले जनाएको छ । उहाँको नियुक्ति राजा सलमान बिन अब्दुलअजिज अल साउदले आफ्ना पुत्र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सिफारिसका आधारमा गरेका हुन् ।
शेख सालेहको जन्म सन् १९३५ सेप्टेम्बर २८ मा साउदी अरबको अल–कासिम प्रान्तमा भएको हो । बाल्यकालमै पिताको देहावसान भएपछि उनले स्थानीय इमामसँग कुरान अध्ययन गरेका थिए । इस्लामिक शिक्षामा पारङ्गत शेख सालेह पछि ‘नूर अला अल–दर्ब’ (अर्थात् ‘मार्गमा प्रकाश’) नामक रेडियो कार्यक्रममार्फत प्रसिद्ध भए । साथै उनका धार्मिक पुस्तकहरू, टेलिभिजन कार्यक्रमहरू र सामाजिक सञ्जालमार्फत प्रसारित फतवाहरूले उनलाई विश्वभरका सुन्नी समुदायबीच एक प्रमुख इस्लामिक विद्वानका रूपमा स्थापित ग¥यो ।
यद्यपि, शेख सालेहका केही बयानहरूलाई पश्चिमी मिडियाले समय–समयमा विवादास्पद ठहर गरेको छ । सन् २०१७ मा ह्युमन राइट्स वाच (एचआरडब्लु) ले उनको एउटा अभिव्यक्तिलाई उद्धृत गर्दै बताएको थियो कि सुन्नी मुसलमानहरूले सिया समुदायलाई ‘शैतानका भाइहरू’ भनेका थिए । उनले त्यसबेला भनेका थिए, “सिया समुदायले भगवान, उनका अगमवक्ता र मुस्लिमहरूको सहमतिबारे झूट बोल्छन् । उनीहरूको अविश्वासमा कुनै शङ्का छैन ।”
विशेषतः साउदी अरेबिया र इरानबीचको दीर्घकालीन राजनीतिक र धार्मिक प्रतिस्पर्धाको पृष्ठभूमिमा साउदी धार्मिक नेताहरूबाट यस्ता टिप्पणीहरू असामान्य होइनन् । शेख सालेहले यमनका हुथी विद्रोहीहरूले मक्का र मदीनाजस्ता पवित्र स्थलहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको घटनाको पनि तीव्र निन्दा गरेका थिए ।
सन् २००३ मा शेख सालेहलाई उद्धृत गर्दै भनिएको थियो, “दासत्व इस्लामको एक अङ्ग हो । यो जिहादको हिस्सा हो र जबसम्म इस्लाम रहन्छ, तबसम्म जिहाद रहिरहनेछ ।”
साथै सन् २०१६ मा उनले मोबाइल गेम ‘पोकेमोन गो’ लाई ‘जुवाको रूप’ भन्दै त्यसमा प्रतिबन्ध लगाउने फतवा जारी गरेका थिए । विडम्बनापूर्वक, अहिले साउदी अरबले निन्टेन्डो र ‘पोकेमोन गो’ निर्माता नियान्टिकको गेमिङ शाखामा ठूलो लगानी गरेको छ ।
शेख सालेहले दिवङ्गत ग्रान्ड मुफ्ती शेख अब्दुलआजिज बिन अब्दुल्लाह अल–शेखको स्थान लिएका हुन् । शेख अब्दुलआजिजको गत सेप्टेम्बरमा निधन भएको थियो । शेख अब्दुलआजिज करिब २५ वर्षसम्म साउदी अरेबियाको ग्रान्ड मुफ्तीका रूपमा कार्यरत रहेका थिए ।
साउदी धार्मिक प्रतिष्ठानमा अल–शेख परिवारको ऐतिहासिक वर्चस्व रहँदै आएको छ । यो परिवार १८औँ शताब्दीका इस्लामिक सुधारक शेख मोहम्मद इब्न अब्दुल–वहाबका सन्तान हुन् । उनका अति रूढीवादी शिक्षाहरू—जसलाई पछि ‘वहाबियत’ भनेर चिनियो—ले साउदी अरेबियाको धार्मिक तथा राजनीतिक नीतिलाई दशकौँसम्म मार्गदर्शन गरेको थियो । इरानको १९७९ को इस्लामिक क्रान्तिपछि साउदी अरेबियाको धार्मिक नीति झनै कठोर बनेको इतिहास छ ।
ग्रान्ड मुफ्ती सुन्नी इस्लामिक संसारका सबैभन्दा उच्च धार्मिक पदमध्ये एक हो । मक्का र मदीनाजस्ता पवित्र सहरहरू रहेको साउदी अरेबियामा हरेक वर्ष विश्वभरका लाखौँ मुस्लिम तीर्थयात्री हज गर्न आउने गर्छन् र उनीहरूले ग्रान्ड मुफ्तीका फतवा तथा धार्मिक घोषणाहरूलाई नजिकबाट पछ्याउने गर्छन् ।
हालका वर्षहरूमा साउदी अरेबियाले राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा सामाजिक उदारीकरणको दिशा लिएको छ । महिलालाई चलचित्र गृह सञ्चालन गर्न अनुमति, खेलकुद र मनोरञ्जन क्षेत्रमा भाग लिन प्रोत्साहन र अर्थतन्त्रलाई तेल उद्योगको निर्भरता घटाउँदै विविधीकरण गर्ने प्रयासहरू त्यसका उदाहरण हुन् ।
तर, यस्ता सुधारका बीचमा शेख सालेहजस्ता अति परम्परावादी विद्वानको पुनः नियुक्तिले साउदी अरेबियाको धार्मिक संस्थान अझै परम्परागत धारमा आधारित रहेको सङ्केत गर्छ ।
यस नियुक्तिसँगै, ९० वर्षीय शेख सालेह बिन फावजान अल–फावजान अब साउदी अरेबियाका सर्वोच्च इस्लामिक धार्मिक पदाधिकारीका रूपमा कार्यरत हुनेछन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया