इरानविरुद्ध खेल्न तयार छौँ : कप्तान सावित्रा
मेरोन्यूज
२०८२ कार्तिक ६ गते २१:४५

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् ।
शुक्रबार नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
“नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ (भारत) आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ । हामी सबै इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ,” कप्तान सावित्राले भनिन् ।
खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।
त्रिदेशीय खेलअन्तर्गतको उद्घाटन खेलमा भारत र इरान भिडेका थिए। जसमा इरानले घरेलु टोलीमाथि २-० गोलको जित दर्ता गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरिसकेको छ।
सम्बन्धित
















कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया