जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

भोजपुर– रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौँला मल उत्पादन थालेका छन् । महिलाहरुलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताइन्।
महिलाहरुलाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको उनको भनाइ छ ।
‘महिलाहरुलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ’उपाध्यक्ष राईले भनिन्, ‘यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ वटा महिला समूह गड्यौँला मल उत्पादनमा लागेका छन् । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।’
यो कार्यक्रम आबद्ध महिला समूहले उत्पादन गरेको गड्यौँला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले जानकारी दिए ।
‘रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अर्ग्यानिक उत्पादनमा जोड दिनु हो ।’
किसानले उत्पादन गरेको गड्यौँला मल प्रतिकेजी रु २२ मा गाउँपालिकाले खरिद गरी दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई माग आधारमा अनुदानमा वितरण हुँदै आएको उनको भनाइ छ ।
















‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया