सोमबार, वैशाख २१, २०८३

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मेरोन्यूज २०८२ कार्तिक ७ गते ९:०४

बागमती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया