प्यालेस्टिनी समूहहरू गाजालाई ‘प्राविधिक समिति’लाई हस्तान्तरण गर्न सहमत

प्राविधिकहरूको एक स्वतन्त्र समितिले युद्धपछिको गाजा सञ्चालनको जिम्मा लिने कुरामा हमाससहित मुख्य प्यालेस्टिनी राजनीतिक समूहहरू शुक्रबार सहमत भएका छन्। हमासको वेबसाइटमा प्रकाशित संयुक्त वक्तव्यका अनुसार कायरोमा भएको एक बैठकका क्रममा समूहहरूले गाजा पट्टीको प्रशासन स्वतन्त्र प्राविधिकहरू मिलेर बनेको अस्थायी प्यालेस्टाइनी समितिलाई हस्तान्तरण गर्न सहमत भएका छन्।
समितिले अरब र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा जीवन र आधारभूत सेवाको व्यवस्थापन गर्ने बताइएको छ । वक्तव्यमा भनिएको छ, “समूहहरू ‘प्यालेस्टाइनको सङ्कटको सामना गर्न’ साझा अडानलाई एकताबद्ध गर्न काम गर्न सहमत भएका छन्। प्राविधिक समितिले ‘राष्ट्रिय रणनीतिमा सहमत हुन र प्यालेस्टाइन मुक्ति सङ्गठन (पीएलओ) लाई प्यालेस्टाइनी जनताको एकमात्र वैध प्रतिनिधिको रूपमा पुनर्जीवित गर्न’ सबै शक्ति र समूहहरूको बैठक आह्वान गरेको थियो । हमास पिएलओको हिस्सा होइन । पिएलओमा लामो समयदेखि यसको प्रतिद्वन्द्वी फताहको प्रभुत्व छ।
एक जानकार स्रोतले बिहीबार एएफपीलाई बताए अनुसार हमास र फताहका प्रतिनिधिहरूले गाजामा अमेरिका समर्थित युद्धविराम योजनाको दोस्रो चरणको बारेमा छलफल गर्न कायरोमा भेट गरेका हुन्। नाम नबताउने सर्तमा स्रोतले भन्यो, “दुवै पक्ष आगामी अवधिमा बैठकहरू जारी राख्न र इजरायली सरकारले खडा गरेका चुनौतीहरूको सामना गर्दै प्यालेस्टाइनको आन्तरिक मोर्चा व्यवस्थित गर्न सहमत भएका छन्।” हमास–फताह वार्तासँगै इजिप्टका गुप्तचर प्रमुख हसन रसादले प्यालेस्टिनी प्रमुख समूहका वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुभएको छ ।
इजिप्टका गुप्तचर प्रमुख हसन रसादसहितको बैठकमा हमासको सहयोगी इस्लामिक जिहाद, प्यालेस्टाइन लिबरेसन डेमोक्रेटिक फ्रन्ट र प्यालेस्टाइन लिबरेसन पपुलर फ्रन्ट सहभागी भएका थिए । सन् २००६ को चुनावपछि केही समयको लागि लडाइँ गरेका हमास र फताहबीच गहिरो राजनीतिक प्रतिद्वन्द्विताको इतिहास छ। यसले प्यालेस्टिनी राष्ट्रिय एकताको प्रयासमा बाधा पु¥याएको थियो। सन् २०२४ डिसेम्बरमा उनीहरूले युद्धपछिको गाजाको संयुक्त प्रशासन गर्न एक समिति गठन गर्न सहमत भएका थिए। यस सम्झौताको विशेष गरी फताहका सदस्यहरूले आलोचना गरेका थिए। सन् २००७ मा यस क्षेत्रमा सत्ता कब्जा गरेको हमासले युद्धपछिको क्षेत्रमा शासन गर्न नचाहेको स्पष्ट पारिसकेको छ, तर उसले आफ्ना लडाकुहरूलाई निशस्त्र गर्ने आग्रहको बिरोध गर्दै यो असम्भव हुने बताएको छ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया