सामान्य अंकले बढ्यो नेप्से, काराेबार कति ?
मेरोन्यूज
२०८२ कार्तिक ९ गते १५:४६

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।
विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ मा खुम्चिएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य सात दशमलव १६ प्रतिशतले घटेको छ ।
सम्बन्धित
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया