सामान्य अंकले बढ्यो नेप्से, काराेबार कति ?
मेरोन्यूज
२०८२ कार्तिक ९ गते १५:४६

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।
विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ मा खुम्चिएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य सात दशमलव १६ प्रतिशतले घटेको छ ।
सम्बन्धित











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया