घाइते जेनजीलाई भेटेपछि स्वास्थ्यमन्त्री गौतम : उनीहरुकाे बलिदान खेर जान दिनु हुँदैन

काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को अवलोकन गरेकी छन् । उनले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् ।
उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ । जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’
घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले संवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’
सहिदको बलिदान खेर जान नदिनेतर्फ आफूहरू सचेत रहेको र भ्रष्टाचार निर्मूल, सुशासन कायम हुनुपर्ने जेनजीका माग बिर्सन नहुने उनले उल्लेख गरिन् । “यत्रो सहिद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ,” उनले भनिन्, “गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।”
उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया