घाइते जेनजीलाई भेटेपछि स्वास्थ्यमन्त्री गौतम : उनीहरुकाे बलिदान खेर जान दिनु हुँदैन

काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को अवलोकन गरेकी छन् । उनले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् ।
उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ । जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’
घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले संवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’
सहिदको बलिदान खेर जान नदिनेतर्फ आफूहरू सचेत रहेको र भ्रष्टाचार निर्मूल, सुशासन कायम हुनुपर्ने जेनजीका माग बिर्सन नहुने उनले उल्लेख गरिन् । “यत्रो सहिद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ,” उनले भनिन्, “गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।”
उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया