इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता
मेरोन्यूज
२०८२ कार्तिक १० गते २०:२९

इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको डुङ्गा डुब्दा छ जना बेपत्ता हुनुका साथै आठ जनाको उद्धार गरिएको जनाइएको छ । ‘केएम मिना मारिटिम–१४८’ डुङ्गा आइतबार प्रतिकुल मौसमको कारण तालिसायन, बेरौ रिजन्सीको पानीमा डुबेको बताइएको छ ।
सरकारी समाचार एजेन्सीले खोजी तथा उद्धार कार्यालय प्रमुख डोडी सेतियावानलाई उदृत गर्दै घटनाको पुष्टि गरेको छ । संयुक्त उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ ।
करीव १७ हजारभन्दा बढी टापुहरू भएको द्वीपसमूहको देश इन्डोनेसियामा डुङ्गा यातायातको प्रचलित माध्यम हो यद्दपी विभिन्न कारणले समुद्री दुर्घटनाहरू पटक–पटक दुर्घटना हुने गरेको जनाइएको छ ।
सम्बन्धित












नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया