आजका लागी कुन विदेशी मुद्राको विनिमयदर कती ?

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८२ पैसा र बिक्रीदर १०१ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २३ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ६० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

















मधेशमा सुरक्षा व्यवस्था कडा
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः ८ जनाको मृत्यु, थुप्रै घाइते
शाओमीको वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर खुला
8 killed in pro-Iran protest at US consulate in Pakistan’s Karachi
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया