विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा आज दल दर्ताका लागि निवेदन दिएको छ ।
आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिएका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरुको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता–कार्यकर्तालाई धन्यवाद दिए ।
आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने विश्वास दिलाए।
नेता विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै मुलुकका विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यका लागि वार्ता भइरहेको बताए। उनले समाजवाद स्थापनाका लागि सिद्धान्तनिष्ठ सच्चा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि जानकारी दिए ।
विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया