लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक १२ गते १५:४०

पश्चिमी लिबियाको जाविया तटमा आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।
जावियाको आपतकालीन सेवा तथा उद्धार टोलीहरूले डुङ्गाबाट ९२ जनाको उद्धार गरी उनीहरुको जिवन बचाउन सफल भएको उल्लेख गर्दै समुद्रमा डुङ्गा डुब्दा बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी रहेको बताएको छ ।
लिबियाका अधिकारीहरूले हालै बेनगाजीको पूर्वमा लिबियाको तट पार गर्ने अनियमित (गैरकानुनी) आप्रवासीहरूको सामूहिक प्रयासलाई असफल तुल्याएको जनाएका छन् ।
पछिल्लो समय लिबिया युरोप पुग्न खोज्ने अनियमित आप्रवासीहरूका लागि ट्रान्जिट पोइन्ट बनिरहेको जनाइएको छ ।
सम्बन्धित












स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया