शुक्रबार, वैशाख १८, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

मेरोन्यूज २०८२ कार्तिक १२ गते १८:१६

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Advertisement
NiccNicc

बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने भएकाले जारी गर्न अस्वीकार गरेको हो।‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ आदेशमा भनिएको छ।

सर्वोच्चले रिटमा उठाइएका संवैधानिक र कानुनी प्रश्नमा विपक्षीहरूबाट सात दिनभित्र लिखित जवाफ मागेको छ ।

प्रतिक्रिया