कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता, एकको उद्धार
मेरोन्यूज
२०८२ कार्तिक १२ गते १९:२४

तानसेन (पाल्पा) । पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ ।
आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।
शाहीसँगै पौडी खेल्न जानुभएका १६ वर्षीय विराज न्यौपानेलाई प्रहरी र स्थानीयले भने सकुशल उद्धार गरेका छन् । बेपत्ता शाहीको खोजतलास भइरहेको प्रहरी निरीक्षक प्रधानले बताए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया