शनिबार, वैशाख १९, २०८३

भियतनाममा वर्षाका कारण एक लाख घर डुबानमा, सात जनाको मृत्यु

मेरोन्यूज २०८२ कार्तिक १२ गते २०:१४

मध्य भियतनाममा यसै साता भएको भारी वर्षापछि आएको बाढीका कारण बस्तीहरू डुबानमा पर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ। भारी बषापछि एक लाखभन्दा बढी घर डुबानमा परेको वातावरण मन्त्रालयले बुधबार जनाएको छ । भियतनामका तटीय प्रान्तहरूमा आइतबारदेखि भारी वर्षा भइरहेको छ र २४ घण्टामा १.७ मिटर (पाँच फिट सात इन्च) सम्म पानी जम्मा भएको रेकर्ड गरिएको छ। मन्त्रालयका अनुसार बाढीमा परी सात जनाको मृत्यु भएको छ भने अन्य पाँच जना हराइरहेका छन् ।

Advertisement
NiccNicc

भियतनामभर १५० भन्दा बढी स्थानमा पहिरो गएको र बर्षा र बाढीका कारण दुई हजार २०० हेक्टर बाली नष्ट भएको छ भने कुल एक लाख तीन हजार ५२५ घरहरू डुबानमा परेका छन् । बुधबार बिहान मध्य तटीय शहर ह्युमा पानी घटेपछि बाढी क्षेत्रबाट उद्धार गरिएका २१ हजारभन्दा बढी व्यक्तिहरू घर फर्कन थालेका छन् ।

मध्यान्हसम्म वर्षा जारी रहेको भएको रिपोर्ट गरिएको छ भने स्थानीय जलविद्युत संयन्त्रलाई जलाशयहरूबाट टाढा सार्न बाध्य बनाएको छ। मध्य दानाङ प्रान्तमा पनि आगामी दुई दिनमा थप बाढी आउने पूर्वानुमान गरिएको छ र दानाङ शहरका नदीहरू खतरनाक स्तरमा बग्ने वातावरण मन्त्रालयले जनाएको छ।

वैज्ञानिकहरू भन्छन्, “वातावरणमा मानवीय हस्तक्षेपका कारण आएको जलवायु परिवर्तनले आँधीबेहरी र बाढी जस्ता चरम मौसमी घटनाहरूलाई थप घातक र विनाशकारी बनाइरहेको छ।” भियतनाममा यस वर्षको पहिलो नौ महिनामा आँधीबेहरी, बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण १८७ जना हताहत भएका छन्। सामान्य तथ्याङ्क कार्यालयका अनुसार दुई लाख ४० हजार हेक्टरभन्दा बढी बाली नष्ट भएको छ भने ३८ घरहरू भत्किएका छन् वा क्षतिग्रस्त भएका छन्। कुल आर्थिक क्षति ६१ करोड डलरभन्दा बढी भएको अनुमान गरिएको छ।

प्रतिक्रिया