भियतनाममा वर्षाका कारण एक लाख घर डुबानमा, सात जनाको मृत्यु

मध्य भियतनाममा यसै साता भएको भारी वर्षापछि आएको बाढीका कारण बस्तीहरू डुबानमा पर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ। भारी बषापछि एक लाखभन्दा बढी घर डुबानमा परेको वातावरण मन्त्रालयले बुधबार जनाएको छ । भियतनामका तटीय प्रान्तहरूमा आइतबारदेखि भारी वर्षा भइरहेको छ र २४ घण्टामा १.७ मिटर (पाँच फिट सात इन्च) सम्म पानी जम्मा भएको रेकर्ड गरिएको छ। मन्त्रालयका अनुसार बाढीमा परी सात जनाको मृत्यु भएको छ भने अन्य पाँच जना हराइरहेका छन् ।
भियतनामभर १५० भन्दा बढी स्थानमा पहिरो गएको र बर्षा र बाढीका कारण दुई हजार २०० हेक्टर बाली नष्ट भएको छ भने कुल एक लाख तीन हजार ५२५ घरहरू डुबानमा परेका छन् । बुधबार बिहान मध्य तटीय शहर ह्युमा पानी घटेपछि बाढी क्षेत्रबाट उद्धार गरिएका २१ हजारभन्दा बढी व्यक्तिहरू घर फर्कन थालेका छन् ।
मध्यान्हसम्म वर्षा जारी रहेको भएको रिपोर्ट गरिएको छ भने स्थानीय जलविद्युत संयन्त्रलाई जलाशयहरूबाट टाढा सार्न बाध्य बनाएको छ। मध्य दानाङ प्रान्तमा पनि आगामी दुई दिनमा थप बाढी आउने पूर्वानुमान गरिएको छ र दानाङ शहरका नदीहरू खतरनाक स्तरमा बग्ने वातावरण मन्त्रालयले जनाएको छ।
वैज्ञानिकहरू भन्छन्, “वातावरणमा मानवीय हस्तक्षेपका कारण आएको जलवायु परिवर्तनले आँधीबेहरी र बाढी जस्ता चरम मौसमी घटनाहरूलाई थप घातक र विनाशकारी बनाइरहेको छ।” भियतनाममा यस वर्षको पहिलो नौ महिनामा आँधीबेहरी, बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण १८७ जना हताहत भएका छन्। सामान्य तथ्याङ्क कार्यालयका अनुसार दुई लाख ४० हजार हेक्टरभन्दा बढी बाली नष्ट भएको छ भने ३८ घरहरू भत्किएका छन् वा क्षतिग्रस्त भएका छन्। कुल आर्थिक क्षति ६१ करोड डलरभन्दा बढी भएको अनुमान गरिएको छ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया