अन्नपूर्ण बेसक्याम्पबाट सशस्त्रले गर्यो १६२ पर्यटकको उद्धार

काठमाडाैं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्प बाट आज बिहान सम्म १ सय ६२ जनाको उद्दार गरेको छ ।
सबैलाई सुरक्षित स्थानमा ल्याइएको र अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि पर्यटक नरहेकाे सशस्त्रले जनाएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश नारच्याङ म्याग्दी बाट अस्ति कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज बेशक्याम्प तर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ बिदेशी पर्यटक सहित आज बिहान सम्म १ सय ६२ जनाको उद्दार गरेको हो ।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्दार गरिएको हो । सबै पर्यटकको उद्दार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ । ३ दिनको निरन्तर प्रयास पछि बेशक्याम्प हिंडेका केही पर्यटकलाइ बाटो बाटनै फर्काइएको थियो ।
हिजो बुधबार मात्रै बेशक्याम्प बाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । अस्ति बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्प बाट तल झारिएक सहित १ सय ६२ जनाको उद्दार भएको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्दार गरिएकाहरुलाइ गुफाफांट , सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्दार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या नदेखिएको डिएसपी थापाले जनाएका छन् ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया