मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले बन्धक रिहाइका लागि आफुले केही व्यक्तिसँग कुरा गर्न चाहेको बताएका थिए।
प्रहरी अधिकारीहरूका अनुसार ती व्यक्ति मानसिक रूपमा अस्थिर देखिएका थिए भने प्रहरीले परिस्थितिलाई सावधानीपूर्वक सम्हालेको छ।
अपहरणपछि तत्काल मुम्बई प्रहरीद्वारा जारी गरिएको एक विज्ञप्तिमा घटनाको पुष्टि गर्दै भनिएको छ, “मुम्बईको पवई क्षेत्रमा रोहित आर्या नाम गरेका एक व्यक्तिले केही बालबालिकालाई बन्धक बनाएका छन् । उनले सार्वजनिक गरेको एक भिडियोमा उनी केही व्यक्तिहरूसँग कुरा गर्न चाहेको र त्यसो गर्न अनुमति दिइएन भने उनले सबै चीजमा आगो लगाइदिने र आफू र बच्चाहरूलाई हानि पुर्याउने चेतावनी दिएका थिए ।”
समाचार तयारपार्दासम्म प्रहरीले सबै बालबालिकालाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको पुष्टि गरेको छ ।
प्रहरीले अभियुक्तलाई हिरासतमा लिइएको र उनको कार्यको कारण पत्ता लगाउन र उनको मानसिक अवस्थाको परीषण गर्न सोधपुछ भइरहेको बताएको छ।
प्रहरीद्वारा बालबालिकाको रिहाइपछि दिइएको जानकारीमा भनिएको छ, “घटनास्थलबाट सबै बालबालिकाको सकुशल उद्धार गरिसकेको छ। रोहित आर्या नाम गरेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीसँग कुरा गरिरहेको छ । उनले किन यस्तो कदम चाले र के उनी वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् भनेर पत्ता लगाउने प्रयास पनि भइरहेको छ।
अधिकारीहरूले अगाडी भनेका छन्, थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने बताएका छन्।
“सबै बालबालिका सकुशल छन् र उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अन्य विवरणहरू उचित प्रमाणीकरण पछि चाँडै साझा गरिनेछ,” मुम्बई प्रहरीले भनेको छ।















50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया