निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

पाटन (ललितपुर)। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको वैठकमा धारणा राख्नुहुने केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राख्नुभएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । उनका अनुसार अधिकांश केन्द्रीय सदस्यले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिएर जानुपर्ने धारणा राख्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई दबाब दिँदै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए।
“संसद् विघटनका विषयमा संवैधानिक कुरा पनि उठेको छ, नियमित महाधिवेशनमा नै जोड दिनुपर्छ भन्ने अधिकांशको धारणा छ, महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने बहस जारी नै छ, अरु बाँकी साथीहरूले भोलि पनि धारणा राख्नेक्रम जारी छ”, उनले भने ।
आजको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यसमितिको बैठक भोलि २०८२ कात्तिक १४ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा पुनःबस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।















आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया