कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन्। रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा विजयी भएका हुन् ।
९५० मतले ओझा विजयी हुँदा उनका प्रतिद्वन्द्वी स्वाँरले ८८९ मत प्राप्त गरे ।
ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक जना महासचिवमा विजयी भएका छन् । यस्तै, स्वाँर प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी, उद्योग उपाध्यक्षमा उनकै प्यानलका लक्ष्मण पन्त विजयी भएक छन् । त्यस्तै, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा ओझा प्यानलका गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै अब्बु ओझा विजयी भएका छन् ।
यसैगरी, सङ्घको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल, सचिव र कोषाध्यक्षमा स्वाँर प्यानलका प्रकाशकुमार चन्द र तिलकबहादुर बोहरा विजयी भएका छन्।
सङ्घको सदस्यमा शुभशङ्कर ठाकुर, अम्बिका भण्डारी, तेज बम, ध्रुवराज दाहाल, अजय पाण्डेय, तर्कराज भट्ट, मञ्जु भट्ट, सुरेश सापकोटा, बमबहादुर कुँवर, कमला भट्टराई, प्रमिला पाठक, देवराज जोशी र प्रेमबहादुर धामी विजयी भएका छन् ।
दुई हजार ३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचनमा एक हजार ९४० मत खसेको थियो ।
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया