मंगलबार, पुष १५, २०८२

फोहोरकाे समस्या समाधान गर्न बञ्चरेडाँडा पुगे मन्त्री घिसिङ

मेरोन्यूज २०८२ कार्तिक १६ गते १२:२४

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।

आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ आइतबार त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् । स्थानीयले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् ।

शुक्रबारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।

हाल उपत्यकामा काठमाडौं महानगरपालिका र अरू स्थानीय तहबाट दैनिक एक हजार २०० टनभन्दा बढी फोहोर जम्मा हुन्छ ।

प्रतिक्रिया