शनिबार, वैशाख १२, २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट

मेरोन्यूज २०८२ कार्तिक १७ गते १४:०५

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

Advertisement
NiccNicc

यस समझदारीसँगै बैंकका ग्राहकले ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार ग्राहकले यस रिसोर्टमा सेवा लिँदा प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने खानालगायतमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

प्रतिक्रिया