शनिबार, पुष १२, २०८२

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना सहिद घोषणा

मेरोन्यूज २०८२ कार्तिक १७ गते १८:०६

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन-जी पुस्ताद्वारा भदौ २३-२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ’ उनले भने।

प्रतिक्रिया