‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
गृह मन्त्रालयअन्तर्गत सहसचिव नेतृत्वमा रहेको समिति र विभिन्न जिल्ला प्रशासन कार्यालय, सरोकार भएका, सुरक्षा निकाय सबैतिरबाट आएको अध्ययनका आधारमा हाल ४५ जनालाई सहिद घोषणा गरिएको उनले बताए। अन्य मृतकबारे अध्ययन भइरहेको र त्यसबाट निक्र्याैल भएअनुसार निर्णय गरिने मन्त्री खरेलले बताए।
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम रु पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन–सत्य निरुपण मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृतसमेत गरेको छ ।
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया