भियतनाम बाढी : मृत्यु हुनेकाे संख्या ४० पुग्याे

मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । उनीहरुका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने पुर्वानुमान गरिएको छ ।
भारी वर्षाले सडकलाई नहरमा परिणत गरेको छ भने नदीको किनारहरू फुटी केही ऐतिहासिक स्थलहरू डुबानमा परेको जनाइएको छ । २४ घण्टाको अवधिमा १.७ मिटर सम्म वर्षा भई राष्ट्रिय रेकर्ड तोडेको जनाइएको छ ।
पर्यावरण मन्त्रालयको विपद् व्यवस्थापन एजेन्सीका अनुसार ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तमा बाढीका कारण छ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन कलमेगीले शुक्रबार बिहानमात्र अवतरण गर्ने र त्यस अघि निरन्तर मौसमी आक्रमण जारी रहने पूर्वानुमानका गरिएको छ ।
भियतनाममा जुन र सेप्टेम्बरको बिचमा भारी वर्षा हुने गरेको तर वैज्ञानिकहरूले मानव–संचालित जलवायु परिवर्तनको कारण मौसम बारम्बार विनाशकारी बन्दै गएको जनाएका छन् ।
दस टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले सामान्यतया एक वर्षमा भियतनामलाई कुनै न कुनै रूपमा असर गर्ने र टाइफुन कलमेगी सन् २०२५ नोवेम्बर –१३ तारिखमा आउने अनुमान गरिएको छ ।
आँधीले हाल फिलिपिन्समा प्रहार गरि कम्तिमा दुई जनाको ज्यान लिनुका साथै सयौं हजार विस्थापित गरेको जनाइएको छ ।
आगामी बिहीबार नजिकिँदै गरेको अर्को चक्रवातले १६६ किलोमिटर प्रति घण्टा गतिका साथ भियतनामको तटमा प्रहार गर्न सक्ने राष्ट्रिय मौसम बिभागले जनाएको छ ।
विपद् एजेन्सीका अनुसार बाढीका कारण लगभग ८० हजार घरहरू प्रभावित भएका छन् भने १० हजार हेक्टर भन्दा बढी बाली नष्ट हुनुका साथै ६८ भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया