पोखरा सहकारीको करिब ८९ करोड हिनामिना आरोपमा ७ जना पक्राउ

गण्डकी । कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ ।
अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादर बस्नेतले जानकारी दिए ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दिएको सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा निजहरूलाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार वित्तिय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययन अनुसार सहकारीको करिब रु ८९ करोड हिनामिना भएको देखिएको छ ।
संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीको मिलेमतोमा सहकारीको बचत रकम अपचलन गरिएको प्रतिवेदनले औँल्याएको छ । पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।









यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन
बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया