बेमौसमी वर्षाले गुल्मीमा ५ करोडको धानबाली नष्ट

गुल्मी। हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट भएको छ। जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ। त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड बराबरको क्षति भएको हो।
गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उनले बताए। इस्मा गाउँपालिका–६ का कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ।
त्यसैगरी, अर्का किसान नीराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ। उनी यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएको स्थानीयले बताएका छन्।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया