सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ‘एस २५ एफई’

काठमाडौं । सामसङले स्मार्टफोन ग्यालेक्सी ‘एस-२५ एफई'(फ्यान एडिसन) सार्वजनिक गरेको छ।
युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित फोनले भ्वाइस, टच र भिजुअल अन्तर्क्रियामार्फत् सहज र स्मार्ट प्रयोग अनुभव प्रदान गर्ने दाबी सामसङको छ।
यसमा रियल–टाइम भर्चुअल सहायताका लागि ‘जेमिनी लाइभ’, व्यक्तिगत अपडेटका लागि ‘नाउ बार’ र ‘नाउ ब्रीफ’, तथा अन–स्क्रिन जवाफका लागि ‘सर्कल टु सर्च’ जस्ता फिचरहरू समावेश छन्।
फोनमा एआई–सञ्चालित प्रोभिजुअल इन्जिन, अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा, र सुपर एचडीआरमार्फत् अझ स्पष्ट रङ र फोटो/भिडिओ गुणस्तर प्रदान गर्ने सुविधा रहेको छ।
साथै, जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजर जस्ता फिचरहरूले फोटो तथा भिडियो एडिटिङलाई अझ सहज र व्यवसायिक बनाएको कम्पनीको भनाइ छ।
सामसुङ ग्यालेक्सी ‘एस२५ एफई’मा ४,९०० एमएएचको ब्याट्री रहेको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।
८ जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध ग्यालेक्सी एस२५ एफईको मूल्य ९९ हजार ९९९ निर्धारण गरिएको छ।
ग्राहकले सामसुङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज)मार्फत् शून्य प्रतिशत ब्याजदर र ईएमआई योजनामा ग्यालेक्सी एस२५ एफई खरिद गर्न सक्ने कम्पनीले बताएको छ।













११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया