संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति होः अध्यक्ष ओली
मेरोन्यूज
२०८२ कार्तिक २१ गते १७:२६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति भएको बताएका छन् ।
एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गरे।
“पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता छ”, उनले भने, “विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन ।”
प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया