टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक २२ गते १८:००

उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ । आगो अग्निशामक, उद्धार टोली र नगरपालिका कर्मचारीहरूको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको इल्हामी अक्तासलाई उदृत गर्दै टिआरटी हाबेर मिडियाले जनाएको छ । यस अघि मिडिया रिपोर्टहरुले दुई जना घाइते भएको मात्र जनाएका थिए ।
टर्कीको एनटिभी च्यानलले प्रसारण गरेको तस्बिरमा उक्त अत्तर डिपोका रूपमा प्रयोग गरिएको भवनका दुई वटा तला आगलागीमा नष्ट भएको देखाइएको छ , आगलागीको कारण भने अझै पत्ता नलागेको जनाइएको छ । इस्तानबुलबाट करिब ७० किलोमिटरको दुरीमा अवस्थित, दिलोवासी एक औद्योगिक सहर हो जहाँ धेरै डिपो तथा कारखानाहरू सञ्चालनमा छन् ।
सम्बन्धित
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया