‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौँ । कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरियो ।
नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो कार्यक्रमले कोरियाली खानामार्फत सहभागीहरुले कोरियाको सम्झनाहरू साट्ने अवसर पाएका थिए ।
सो अवसरमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्वविद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरु परिवार र साथीहरूसँग साझा गर्ने अर्थपूर्ण अवसरले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताए । उनले कोरियामा सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सके सम्बन्धित व्यक्तिको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्ने बताए।
कोरिया सरकारले नेपालमा रोजगारी सृजना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्यअनुसार यहाँका युवाहरूको लागि दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्दै आएको छ । गत अगष्ट महिनामा काठमाडौँमा आयोजना गरिएको के–फुड उद्यमशीलता तालिमको एक हिस्साको रुपमा ‘के–फुड’ कार्यक्रमलाई लिइएको छ ।














सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया