‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौँ । कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरियो ।
नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो कार्यक्रमले कोरियाली खानामार्फत सहभागीहरुले कोरियाको सम्झनाहरू साट्ने अवसर पाएका थिए ।
सो अवसरमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्वविद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरु परिवार र साथीहरूसँग साझा गर्ने अर्थपूर्ण अवसरले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताए । उनले कोरियामा सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सके सम्बन्धित व्यक्तिको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्ने बताए।
कोरिया सरकारले नेपालमा रोजगारी सृजना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्यअनुसार यहाँका युवाहरूको लागि दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्दै आएको छ । गत अगष्ट महिनामा काठमाडौँमा आयोजना गरिएको के–फुड उद्यमशीलता तालिमको एक हिस्साको रुपमा ‘के–फुड’ कार्यक्रमलाई लिइएको छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया