शुक्रबार, पुष ११, २०८२

पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै आयोग

मेरोन्यूज २०८२ कार्तिक २४ गते ११:२७

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्न लागेको छ ।

आयोगका अनुसार निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको हो ।

विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि पनि राजनीतिक दलहरूसँग समेत छलफल गरेको थियो ।

प्रतिक्रिया