बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द

विराटनगर । बिहार विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ ।
पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।
१२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।
नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए ।
अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया