आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं ।आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १२ तारिख। विश्व निमोनिया दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ
मेष : कार्यक्षेत्रमा अरूको भावनाको पनि सम्मान गर्नुहोस्। नोकरी वा पेशामा आइरहेका बाधा समाप्त हुनेछन्। अड्किएको धन मिल्नाले आर्थिक स्थिति सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष : धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रवर्गहरूबाट सहयोग पाइनेछ। आयस्रोत बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा सहयोगीहरूबाट भनेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको अध्ययन भन्दा घुमफिरमा समय व्यतीत हुनेछ। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। शत्रुहरु आफै किनारा लाग्नेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह : वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस्। सन्तानको भविष्यलाई लिएर चिन्ता दूर हुनेछ। पारिवारिक जीवनमा संघर्ष बढ्ला। फजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : व्यापार व्यवसायमा प्राप्त भएको सफलताले मन उत्साहित रहनेछ। गुप्त कुरा बाहिरिनाले समस्या निम्तिनेछ। अरुलाई सहयोग गरेर खुसी मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। माननीय जनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : हजुरको कार्यशैलीबाट अधिकारीहरू प्रसन्न रहनेछन्। व्यापार व्यवसायमा नयाँ लगानिको लागि समय अनुकूल रहेको छ। मठमन्दिर वा धार्मिक स्थलमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु : रोजगारका लागि नयाँ प्रस्तावहरू मिल्नेछन्। कार्यक्षेत्रमा दौडदुप गर्नुपर्ला। कार्यप्रति इमान्दारिता देखाउनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
मकर : व्यापार व्यवसायमा लाभ रहनेछ। सोचे अनुरुप परिणाम मिल्नाले मन प्रसन्न रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइएला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला। व्यावसायिक लेनदेनमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मीन :शत्रुहरू परास्त हुनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरीमा प्रमोशन आदिको रूपरेखा बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया