आइतबार, वैशाख २०, २०८३

समाजवादी मोर्चा छाड्यो विप्लव नेतृत्वको नेकपाले

मेरोन्यूज २०८२ कार्तिक २६ गते १०:३६

काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा छोडेको छ ।

Advertisement
NiccNicc

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्तिमार्फत २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ वर्तमान परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् ।वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजिविकाको पक्षमा तथा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको उद्देश्यले मोर्चा गठन गरिएको थियो। तर अपेक्षित गतिमा काम अघि बढ्न सकेन।’

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा आएको व्यापक परिवर्तनका कारण नयाँ प्रकारका एकता र मोर्चाबन्दी बन्न थालेको विप्लवले उल्लेख गरेका छन् ।‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ’, उनले भनेका छन् ।

प्रतिक्रिया