समाजवादी मोर्चा छाड्यो विप्लव नेतृत्वको नेकपाले

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा छोडेको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्तिमार्फत २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ वर्तमान परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् ।वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजिविकाको पक्षमा तथा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको उद्देश्यले मोर्चा गठन गरिएको थियो। तर अपेक्षित गतिमा काम अघि बढ्न सकेन।’
जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा आएको व्यापक परिवर्तनका कारण नयाँ प्रकारका एकता र मोर्चाबन्दी बन्न थालेको विप्लवले उल्लेख गरेका छन् ।‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ’, उनले भनेका छन् ।









पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया