सारथी विद्युतीय स्कुटरको नयाँ शाखा सातदोबाटोमा

काठमाडौं । काठमाडौं–वातावरणमैत्री सवारी साधनको माग तीव्र गतिमा बढ्दै जाँदा नेपालको विद्युतीय सवारी बजारमा क्रियाशील कम्पनी ‘जिरो इमिसन राइड (एन)’ ले ललितपुरको सातदोबाटोमा नयाँ शाखा (शोरुम) सञ्चालनमा ल्याएको छ ।
बुधबार, विशेष समारोहका बीच उक्त नयाँ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी मथुरा घिमिरेद्वारा रिबन काटि शोरुम उद्घाटन गरिएको हो ।
कम्पनीले देशभर ‘देशको ऊर्जा, देशमै खपत’ भन्ने नारासहित पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्रान्डका विद्युतीय स्कुटरहरूको आधिकारिक विक्रि तथा वितरण गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले वातावरण अनुकुल सवारीसाधन हुँदाहँदै पनि हाम्रै मुलुकमा उत्पादन हुने विद्युतको प्रयोग हुने हुँदा वैदेशिक मुद्रा सँचितिमा उल्लेख्य भुमिका खेल्ने यस्ता सवारीसाधनको प्रवद्र्धनको लागि सबैको पहल आवश्यक रहेको औल्याए ।
कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले लामो समयदेखि अटोमोवाइल क्षेत्रमै व्यवसाय गदै आइरहेकोले बिक्रि पछिको सेवामा उत्कृष्ट काम गर्ने कम्पनीको रुपमा चिनिन पाउँदा गर्व लागेको बताउनुभयो । निर्देशक नगरकोटीले निकट भविष्यमा सारथी ब्राण्ड मार्फत सबै स्कुटरहरु नेपाल मै एसेम्बल गरिने प्रकृया अघि बढेको जानकारी दिए ।
जिरो इमिसन राइड (एन) का सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, “नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। यसको मुख्य कारण वातावरणीय सन्तुलन, इन्धनको बढ्दो खर्च र मर्मत लागतमा हुने बचत हो । यसले विद्युतीय स्कुटरलाई अबको यात्राको सबैभन्दा व्यावहारिक विकल्प बनाएको छ ।”

कम्पनीले राजधानीका तीनै जिल्लाहरूमा आफ्ना शाखा र डिलर नेटवर्क विस्तार गर्दै आएको छ भने, देशभरका प्रमुख शहरहरूमा पनि बिक्रीपछिका सेवा उपलब्ध गराइरहेको छ । सातदोबाटो शाखाबाट ग्राहकहरूले लुयान र इकुटर ब्रान्डका स्कुटरहरूको प्रत्यक्ष अवलोकन, टेस्ट राइड र खरिद गर्न सक्नेछन् ।
शोरुममा स्कुटर खरिद गर्दा कम्पनीले सञ्चालन गरिरहेका हरेक अफर र स्किमहरूको सुविधा पनि उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले पुराना बाइक वा स्कुटर साटेर नयाँ लुयान स्कुटर लैजान सक्ने र फाइनान्स सुविधा पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया