लिपमोटर नेपालले पायो ‘उत्कृष्ट लीपमोटर वितरक’ पुरस्कार

काठमाडौं । नेपालमा लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले थाइल्यान्डमा आयोजित लीपमोटर ग्लोबल डिलर मिटमा ‘उत्कृष्ट लीपमोटर वितरक इन्डिया एन्ड एसिया प्यासिफिक’ पुरस्कार प्राप्त गरेको छ ।
यो अवार्ड भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रदान गरिएको हो ।
सम्मानले बजार विस्तार, ग्राहक सेवा र ब्रान्ड स्थापित गर्नमा सांग्रिला मोटर्सको उल्लेखनीय उपलब्धिलाई उजागर गर्दै कम्पनीको उपस्थितिका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । यो अवार्ड कम्पनीले यस क्षेत्रभर उन्नत विद्युतीय सवारी प्रविधि र नवीनतम गतिशील समाधानहरू प्रस्तुत गर्दै आफ्नो विस्तारलाई निरन्तरता दिइरहेको महत्वपूर्ण समयमा प्राप्त भएको हो ।
हाङ्जाउ, चीनमा मुख्यालय रहेको लीपमोटर प्रविधिमुखी इन्टेलिजेन्ट विद्युतीय सवारी ब्रान्ड हो । कम्पनीले सवारी डिजाइन, अनुसन्धान तथा विकास, उत्पादन, इन्टेलिजेन्ट ड्राइभिङ र भेइकल कनेक्टिभिटी समाधानमा विशेषज्ञता रहेको छ ।









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
प्रतिक्रिया