जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताएका छन् ।
नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
“जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन ग¥र्यो”, संयोजक दाहालले भने, “जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिधित्व गराउछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउछौँ ।”
कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगमी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गरे।
क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरणको क्रम सुरु भएको जानकारी दिँदै उनले आगामी दिनमा इमान्दार वामपन्थी नेता कार्यकर्ता नेकपामा समाहित हुने दाबी गरे ।
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया