एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको छ। मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले विभिन्न दरमा टिकट खरिद गर्न सक्ने भएका छन्।
क्यानका अनुसार दर्शकका लागि विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन्। ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० पर्ने छ।
यसबाहेक, सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको क्यानले जनाएको छ। उक्त पासमार्फत प्रतियोगिताका सबै खेल हेर्न सकिनेछ।
टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ । टिकट अनलाइन खरिद गर्न सक्नेछन्।

















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया