निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
मेरोन्यूज
२०८२ कार्तिक २८ गते १९:२३

काठमाडाैं । निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ।
आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो। आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ।
आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् भने सूचना अधिकारीमा कम्प्युटर अधिकृत सुमन घिमिरेले कार्य गर्दै आएका छन्।
विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरू थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्व दिने आयोगको अभ्यास रहेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ।
सम्बन्धित









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया