आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?

काठमाडौं । आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन उत्साहवर्धक रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वित्तीय वा सहकारी मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
वृष : संताननको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : पारिवारिक र वैचारिक मतभेद सुल्झिनेछ। राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : चिताएको कार्य सम्पादन गर्न सकिनेछ। उच्चपदासीन व्यक्तिहरूको साथ मिल्नेछ। सेवामुलक कामबाट नाम र प्रतिष्ठा कमाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला। विश्वास पात्रबाट सहायता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।
कन्या : प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
तुला : कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला। असंयमित व्यवहारले परिवारमा अशान्तिको माहौल बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक :रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
धनु : नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन्। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
मकर : व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। सांस्कृतिक संघ समारोहमा सहभागी जनाउन सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मीन :जीवनसाथीको सहयोगले व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आफ्नो क्षमतामाथि विश्वास राखी अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।









जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया